Loading...
Homearticlesविश्वव्यापीकरणको वर्तमान अवस्था र हाल देखिएका चुनौतीहरू

विश्वव्यापीकरणको वर्तमान अवस्था र हाल देखिएका चुनौतीहरू

सारांश

विश्वव्यापीकरण विश्व एकीकरण तथा विकासको प्रक्रिया तथा रणनीति हो। विश्वव्यापीकरणलाई आर्थिक वृद्धि तथा विकासको इन्जिन पनि भनिन्छ। वस्तु, सेवा, बौद्धिक विचार, व्यापार, पुंजी, प्रविधि, जनशक्ति र श्रमको स्वतन्त्र प्रवाहको माध्यमबाट विश्व अर्थतन्त्रसंगको आबद्धता, एकीकरण र अन्तरनिर्रभरता नै विश्वव्यापीकरण हो। विश्व एक ग्राम (One global Village) को अवधारणा हो । विश्वव्यापीकरण सन १९८० को दशक देखि बढ्दो रुपमा व्यापक चर्चाको विषय भएता पनि यसको सुरुवात करिब १३९ BC पहिला देखि ६४०० कि.मी. लामो सिल्क रोड मार्फत चाइनिज सिल्क व्यापारबाट भएको मान्न सकिन्छ । सन् १९९५ मा वहुपक्षीय व्यापार प्रणाली विकासका लागि WTO बन्नु अघि ग्याटका आठ चरणमा भएका सम्झौताबाट व्यापार वाणिज्य सिमा बन्देजहरुलाई हटाउने र घटाउने कार्य भए। विश्वव्यापीकरण औद्योगिक क्रान्तिका चरणहरुको विकासक्रमसंगै गतिशिलता तथा तिव्रता बढेको देखिन्छ। Globalization 1.0 देखि Globalization 4.0 सम्मका चरणमा औद्योगिक क्रान्तिका पहिलो चरण देखि चौथो चरणका आविष्कार नवप्रवर्तनले ठुलो भुमिका खेलेको छ । पछिल्लो चरणमा Digital Technology, Digital Automation, Technological Disruption and Innovation ले प्रविधिको मात्रै विकास गरेन, यसले प्रविधिको Physical, digital/biological क्षेत्रमा फ्युजन पनि गरेको छ। प्रविधिको परिवर्तनले उत्पादनका तरिका, व्यवहार, पद्धती, उपभोग शैली र व्यवहार तथा पारवहन र सेवा प्रवाहको क्षेत्रमा नाटकिय एवं आमुल परिवर्तन ल्यायो। साथै सरकार, संस्था र राज्यहरु शासकीय शैली एवं पद्धतीमा पनि पुनर्निमाण भइरहेका छन्। वृद्ध तथा बालबालिकाहरुको हेरचाह, यातायात, शिक्षा, स्वास्थ्य, सुरक्षा प्रणालीमा Robotic/Artificial intellegence (AI) को प्रयोग बिस्तारले सार्वजनिक सेवाहरुको विस्तार र पुनर्विचार भैरहेको छ। बहुलवाद, विविधता, खुला उदारवाद, Liberal international economic Order, Multipoliraism, लोकतन्त्र, समावेशी तथा समानुपातिक शासन प्रणाली जस्ता विचारको बहसकर्ता अमेरिका हाल यसको विरोधी जातीवादी, राष्ट्रवाद, नश्लवाद, पपुलिष्ट, पहिचान तथा संरक्षणवादी सोचबाट चिनसंग Trade War गरेर संरक्षणवादी नीति अवलम्बन गरिरहेको छ। यद्यपी विश्वव्यापीकरणको गति तथा क्षेत्रमा आरोह अवरोह आए पनि सूचना र प्रविधिको युगमा यसको आवश्यकता रहिरहन्छ।

पृष्ठभूमि

विश्वव्यापीकरणको विकासले आज एउटा व्यापारी युरोपमा ब्रेकफास्ट गरेर अफ्रिकामा आफ्‌नो डिनर गर्न सक्छ । एउटा मन्त्रीले एकदिनमा विश्वको कुनै कुनामा बैठक सकेर अर्को दिनमा विश्वको अर्को कुनामा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन सक्दछ । एउटा महादेशको विद्यार्थीले अर्को महादेशको विश्वविद्यालयको कक्षामा सहभागी हुन एकै दिनमा सक्दछ । त्यस्तै कुनै विश्वको एउटा कम्पनीले आफ्‌नो उत्पादन तथा सेवा तोकिएको समय, गुणस्तर, संख्यामा उपभोक्ताको चाहाना अनुसार Deliver गर्न सक्दछ । यसले विश्व साच्चिकै विश्व ग्रामको रुपमा विस्तार गरेको छ। त्यसैले विश्वव्यापीकरण विश्वको संकुचन पनि हो।

विश्वव्यापीकरण विश्व एकीकरण तथा विकासको प्रक्रिया तथा रणनीति हो। विश्वव्यापीकरणलाई आर्थिक वृद्धि तथा विकासको इन्जिन पनि भनिन्छ। वस्तु, सेवा, बौद्धिक बिचार, व्यापार, पूँजी, प्रविधि, जनशक्ति र श्रमको वेरोकटोक र खुला प्रवाहको माध्यमबाट विश्व अर्थतन्त्रसंगको आवद्धता, एकीकरण र अन्तरनिर्भरता नै विश्वव्यापीकरण हो। आधुनिक राष्ट्र राज्य निर्माणको करिव ४ सय वर्ष देखि विकासलाई राज्यको एकाधिकारात्मक एकल कार्य सुचि थियो। भौगोलिक सिमा भित्र, संरक्षणवादी आर्थिक नीति र बन्द एवं अनुदार राजनीति प्रणालीले विश्वव्यापीकरणको कल्पना र विकासको मोडेलको रुपमा स्वीकार्न प्राय असम्भव नै थियो । विश्वव्यापीकरणको सुरुवात १९औं शताब्दीको अन्ततिर र २०औं शताब्दीको सुरुबाटबढी गतिशिलरुपमा देखा परेता पनि प्रथम विश्व युद्धको कारणले वाञ्छित गति लिन सकेन। सन १९८० को दशक देखि हालसम्म बढ्दोरुपमा विश्वव्यापीरुपमा विकासको मोडलको रुपमा व्यापक रुपमा चर्चा, बहस, अध्ययन तथा चासोको विषयको रुपमा रहेको छ । विश्वव्यापीकरणले अन्तरदेशीय राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृक्तिक आवद्धता र अन्तरनिर्भरता तथा समाहित गर्ने गतिशिल तथा बहुआयामिक प्रक्रिया हो । विश्व एक ग्राम (One global Village) को रुपमा आर्थिक, सामाजिक, साँस्कृतिक, शैक्षिक, शासकीय तथा कानुनी लगायतका विषयमा साझा मूल्यमान्यता, विश्वास, पद्धती र प्रणाली स्थापना गर्ने अभियानका रुपमा विश्वव्यापीकरणलाई बुझ्‌ने गरिन्छ । सुरुमा व्यापार विस्तार तथा आर्थिक एकीकरण विस्तारको प्रक्रियाको रुपमा अगाडिबढेको विश्वव्यापीकरण पछिल्ला दिनहरुमा सामाजिक मूल्यमान्यता र साँस्कृतिक सम्मेलनको प्रक्रियाको रुपमा प्रभाव र दवाव विस्तार गर्यो । २१ औं शताब्दीको सुरु देखि नै विश्वव्यापीकरणले अद्भुत तथा तिव्ररुपमा सामाजिक तथा साँस्कृतिक जिवनका हरेक पक्ष तथा क्षेत्रमा गहिरो प्रभाव र असरको रुपमा देखा परिरहेको छ। हाल सम्मको विश्वव्यापीकरणको अभियानको प्रक्रिया एवं विकासक्रमलाई देहाय अनुसार प्रस्तुत गर्न सकिन्छ ।

विश्वव्यापीकरणको ऐतिहासिक विकासक्रम

हालैका दिनमा विश्वव्यापीकरण व्यापक चर्चाको विषय भएता पनि यसको सुरुवात करिब १३९ BC पहिला ६४०० कि.मी.लामो सिल्क रोड मार्फत चाइनिज सिल्क व्यापारबाट भएको मान्न सकिन्छ । चाइनाले आफ्‌नो बिलासिताको वस्तुहरु सिल्क तथा अन्य उत्पादन युरोपको रोममा निर्यात गर्दथ्यो जुन युरोप, मध्य पूर्व र एशियाविचको अन्तर्देशीय व्यापार थियो । यो सिल्क व्यापार कुल अर्थतन्त्रको परिणामको हिसाबले सानो भएता पनि रोम साम्राज्य तथा चाइनिज साम्राज्यविचको अन्तरसम्बन्ध तथा सम्पर्कको माध्यम थियो जसमा थुप्रै व्यापारी तथा मध्यस्थ व्यक्तिहरु बिचको संलग्नता थियो। यो करिब १५०० वर्षसम्म प्रयोग भएको व्यापारिक रुट थियो। यसका समकालिन वर्षमा स्पाइस व्यापारिक रुट पनि ७औं देखि १७औं शताब्दीसम्ममा मुस्लीम व्यापारीहरुले Mediterranean and Indian Ocean मा व्यापारको लागि कायम थियो । साथै विश्वव्यापीकरणको विकासक्रममा Age of Discovery को रुपमा सन् १५ औं देखि १८ औं शताब्दीसम्ममा बेलायती औद्योगिक क्रान्ति तथा विभिन्न आविष्कारहरु भए, जसले उत्पादन, यातायात, पारवहन एवं मानवीय आवतजावतमा ठूलै सहजता ल्यायो । हालै सन् २०१९ मा स्विटजरल्याण्डको डाभोसमा सम्पन्न वल्ड इकोनोमिक फोरमले विश्वव्यापीकरणको बारेमा व्यापक बहस र छलफल गर्यो । विश्वव्यापीकरणको विकासक्रमलाई देहाय अनुसार प्रस्तुत गर्न सकिन्छ ।

१. विश्वव्यापीकरणको प्रथम चरण (First wave of globalization or globalization 1.0)

यो चरणमा विश्वव्यापीरुपमा उपनिवेशीकरण र साम्राज्य विस्तारको समय १९ औं शताब्दी देखि सन् १९१४ सम्मको अवधीलाई मान्न सकिन्छ । यो समयको नेतृत्वदायी देश बेलायत थियो । यस चरणको विश्वव्यापीकरणलाई First Industrial Revolution, १७८० देखि मध्य १९ औं शताब्दीले विकासमा सहयोग गर्यो । प्रमुख आविष्कारहरु Steamship / Railways हुन् । विश्व परिवेशमा आधुनिक राष्ट्र निर्माणको सुरुवातको करिब ४ सय वर्ष भन्दा अगाडि पनि विभिन्न व्यापार व्यवसाय तथा शोधखोजको रुपमा विश्वव्यापीकरण सुरु भएको थियो। खास गरी कोलम्बसले सन् १४९२ मा अमेरिका पत्ता लगाए र त्यस पछि विभिन्न आविष्कार तथा खोजको परिणाम स्वरुप व्यापार, मानिस तथा पूँजीको आवतजावत सुरु भएको थियो । विश्वव्यापीरुपमा भएको विभिन्न देशहरु बेलायत, स्पेन, पोर्चुगल तथा फ्रान्सले उपनिवेशीकरण र साम्राज्य विस्तारको अभियान र होडवाजीले पनि विश्वव्यापीकरणको एकांकी एवं विस्तारवादी अभियान सुरु भएको थियो। जुन उपनिवेशीकरण र साम्राज्य विस्तारमा बेलायत सबैभन्दा अग्र भागमा थियो भने यो अभियान करिव दोस्रो विश्व युद्ध पछि हट्यो र सबै देशहरु उननिवेशमुक्त भए । विश्व महाशक्तिको रुपमा भौगोलिकरुपले बेलायत कहिल्यै नअस्ताउने साम्राज्य, औद्योगिक र प्राविधिक विकासको गतिले विश्वमा प्रभुत्व कायम गर्यो । Steam Engine को आविष्कारले औद्योगिक उत्पादन, माइनिङ्ग, निर्माण, कृषि तथा पारवहनमा आमुल परिवर्तनले औद्योगिक क्रान्तिलाई ठुलो सहयोग गर्यो, जसले उल्लेख्य औद्योगिक उत्पादनमा वृद्धि भयो। पानीजहाज तथा रेलको विकासले ब्रिटेनले आफ्ना उपनिवेशहरुबाट कच्चा पदार्थ आयात र उत्पादनलाई निर्यात गर्यो, जसले विश्वव्यापीकरणलाइ विस्तार गर्न सहयोग गर्यो । यसबाट ब्रिटेनले विश्व व्यापार कब्जा गर्यो । १८ औ शताब्दीमा विश्व व्यापार ३ प्रतिशतले वृद्धि भयो भने त्यस आर्थिक वृद्धिले ६ प्रतिशत GDP मा वृद्धि भयो । १९ औ शताब्दीको सुरुसम्ममा ६ प्रतिशतबाट वृद्धि भई GDP १५ प्रतिशतसम्म पुग्यो। यस चरणमा विश्वव्यापीकरणको विकासलाई औद्योगिकरणले आमुल परिवर्तन गर्यो र Renaissance ले पनि कला, विज्ञान, साहित्य तथा साँस्कृतिमा खुलारुपमा विकास गर्यो । तर प्रथम विश्व युद्ध र द्वितीय विश्व युद्धमा विश्व विनाशकारी ध्वंसमा सामेल भयो जसले लाखौं युद्धरत सिपाही, लाखौं मानिसहरु र खबौंको भौतिक क्षति भयो । उक्त समयमा विश्वव्यापार र खुला आर्थिक नीति भन्दा पनि बन्द एवं अनुदार नीतिहरु अवलम्बन भए र विश्वव्यापीकरणको ढोका बन्द भए ।

२. विश्वव्यापीकरणको दोस्रो चरण (Second wave of globalization or globalization 2.0)

यो समयको नेतृत्वदायी देश बेलायत र रसिया थिए। यो अवधिमा Second Industrial Revolution, (८७० देखि १९१०) ले विश्वव्यापीकरणको विकास गर्न सहयोग गर्यो । प्रमुख आविष्कारहरु आधुनिक पानी जहाज, हवाइजहाज र रेलहरु हुन । यस अवधीमा निर्यात व्यापार विश्व GDP को १५ प्रतिशत सम्म पुगेको थियो । प्रथम विश्व युद्ध र द्वितीय विश्व युद्धको विश्व विनाशकारी ध्वंसले विश्वव्यापीकरण तथा विकासका सबै सम्भावना तथा अवसरलाई बन्द गर्यो । दुईवटा युद्धको विभिषिकाको बिचमा सन् १९२९/३० मा विनासकारी महामन्दीले विश्व अर्थतन्त्र धराशायी भयो । युद्धको बेला संरक्षणमुखी व्यापार तथा बन्दमुखी आर्थिक नीतिले अर्थतन्त्र विस्तारै कमजोर एवं धराशायीका साथै विश्वव्यापीकरणको प्रक्रिया अवरुद्ध भयो भने हातहतियारको होडबाजी तथा समग्र सैनिकीकरणले एकातिर विकासको प्रक्रिया शान्तिबिना रोकियो भने अर्कोतिर ठुलो नरसंहार भयो ।

द्वितीय विश्व युद्धको समाप्ति संगै विश्व राजनीतिक रंगमञ्चमा नयाँ सोच, विचार तथा शान्तिको खोजीले विश्वव्यापीकरण एउटा विकास तथा सम्वृद्धिको उपायको सुरुवात भयो । विक्षिप्त विश्वलाई नयाँ जीवन, पुनसंरचना गर्न र पुनर्निमाण गर्न अमेरिकाको नेतृत्वमा नयाँ विश्व अर्थ व्यवस्था सहितको धारणा कल्पना गरियो जुन धारणाले विश्वव्यापीकरणलाई पुनः गतिशिलता दियो। अमेरिकाको नेतृत्वमा सन् १९४६ को ब्रिटेन उड्स सम्मेलनले सृजना गरेको World Bank Group / GATT तथा विश्वमा दिगो शान्ति स्थापनाको लागि विश्व शासकीय प्रबन्धको रुपमा स्थापित UNO ले विश्वव्यापीकरणको मार्गलाई प्रशस्त गर्दै सैद्धान्तिक एवं व्यवहारिक रुपमा यसको नेतृत्व गर्यो। यी विश्वव्यापी प्रबन्धले एकातिर ध्वस्त विश्वको पुननिर्माण तथा खुला र उदार व्यापार एवं अर्थनीति मार्फत विश्वव्यापीकरणलाई विकासको मोडेल तथा आर्थिक वृद्धिको इन्जिनको रुपमा अगाडि सारियो। दोस्रो चरणको विश्वव्यापीकरण संगै उपनिवेशीकरणको अन्त तथा लोकतान्त्रिकरण एवं खुला र उदार आर्थिक तथा व्यापारिक नीतिको बहस मार्फत विश्वव्यापीकरणको अभियान नवोदित स्वतन्त्र राज्यहरुमा अभ्यास गराइयो जसमा UNO ले नेतृत्व गर्यो।

यातायातका आधुनिक एवं प्रविधिमुखी साधनहरु कार, पानी जहाज, रेल, हवाइजहाज तथा औद्योगिक उत्पादन तथा विकासका नविन आविष्कारहरुले विश्वलाई जमिन, जल तथा वायुयान मार्फत जोडेर मानवीय र अन्य भौतिक वस्तु र सेवाको आवतजावत र पारवहनमा सहजता तथा सुगमता बढायो। World Bank Group, GATT जस्ता विश्व संगठनको प्रयास तथा सहजीकरण विश्वव्यापारको GDP मा हिस्सा १५ प्रतिशत पुग्यो जुन सन् १९१४ मा थियो। सन् १९८० को अमेरिकाको रेगनिज्म र बेलायतको थ्याचरिज्मको व्यापक आर्थिक तथा व्यापार नीति र शासकिय व्यवस्थामा भएको सुधारले उदारीकरण, निजीकरण, खुला बजारमुखी अर्थव्यवस्थाले विश्वव्यापीकरणको आधारस्तम्भको काम गर्यो । विश्वव्यापीरुपमा पश्चिमी संस्कृतिको विस्तार एवं प्रसार Mass Media, Film, BBC Radio and Television / Recorded Music ले विश्वव्यापीकरणलाई तिव्र एवं गतिवान बनायो । यसका साथै विश्वव्यापीरुपमा राजनीतिक व्यवस्थामा भएका सुधार तथा विकास र खुला एवं उदार बजारमुखी विश्व आर्थिक व्यवस्था र क्षेत्रीय Free trade Area का अवधारणाहरु GATT, NAFTA, EU जस्ता व्यापार अवधारणाले भन्सार महशुल र दर घटाउने तथा हटाउने र श्रम, साधन र पूँजीको निर्वाध आवागमनले विश्वव्यापीकरणलाई प्रवर्द्धन तथा विस्तार गर्यो । यसको साथै ग्क्क्च् को विघठन संगै विश्व राजनीतिमा Cold War को अन्त्य, द्विध्रुवीय विश्वको अन्त्यले प्राय सबै देशहरुले WTO को सदस्यता प्राप्त गरे संगै विश्वव्यापीकरणको अभियान गतिशिल एवं तिव्ररुपमा अगाडि बढ्‌यो। यसका साथै विश्वव्यापीरुपमा विश्व एकीकरणलाई विस्तार एवं विकास गर्न सन् १९८६ देखि GATT को WTO मा रुपान्तरणको लागि व्यापक अभ्यास उरुगुवे राउण्डबाट सुरु भयो। सन् १९९५ मा विश्व व्यापार संगठनको रुपमा व्यापार सहजीकरण एवं नियामक निकायको रुपमा स्थापना गरियो। विश्व एकीकरणलाई तिव्र एवं घनिभूत बनाउन १० बुँदे Washington Consensus को अवधारणा सन् १९८९ मा अमेरिकामा सम्पन्न भयो।

The ten principles originally stated by John Williamson in 1989, includes ten sets of relatively specific policy recommendations.
1. Low government borrowing. Avoidance of large fiscal deficits relative to GDP;
2. Redirection of public spending from subsidies (“especially indiscriminate subsidies”) toward broad-based provision of key pro-growth, pro-poor services like primary education, primary health care and infrastructure investment;
3. Tax reform, broadening the tax base and adopting moderate marginal tax rates;
4. Interest rates that are market determined and positive (but moderate) in real terms;
5. Competitive exchange rates;
6. Trade liberalization: liberalization of imports, with particular emphasis on elimination of quantitative restrictions (licensing, etc.); any trade protection to be provided by low and relatively uniform tariffs;
7. Liberalization of inward foreign direct investment;
8. Privatization of state enterprises;
9. Deregulation: abolition of regulations that impede market entry or restrict competition, except for those austified on safety, environmental and consumer protection grounds, and prudential oversight of financial institutions;
10. Legal security for property rights.

The Washington consensus was important for determining policy towards economic development in Latin America, South East Asia and other countries.

Some Implications of Washington Consensus are:

A Support of free trade through WTO and NAFTA – reduce tariff barriers.
A IMF bailouts tended to involve free market reforms as a condition of receiving money.
Belief in free trade suggests countries, should specialise in goods/services where they have a comparative advantage. This may mean developing economies need to stick with producing primary products.

यी आर्थिक मोडेल वा सुत्रको सिफारिसहरुको कार्यान्यन, अनुगमन, सुधार र परिमार्जन गर्ने काम WB, IMF ले नेतृत्व गर्यो। यी १० बुँदे आर्थिक विकासको मोडलले Structural Adjustment programme मार्फत राज्यहरुले Deregulation, Privatization and Liberalization खुला बजारमुखी आर्थिक नीति विश्वभर विस्तार भयो जुन विश्वव्यापीकरणको लागि मूल आधार बन्यो। यसरी प्रथम र दोस्रो चरणका विश्वव्यापीकरणले सूचना र प्रविधि एवं आर्थिक उदारीकरणको आधारमा विश्व एक गाँउको रुपमा विकास गर्यो।

३. विश्वव्यापीकरणको तेस्रो चरण (Third Wave Of Globalization or Globalization 3.0)

खास गरी यो चरणको समय सन् १९८९ देखि २००८ सम्मको समयावधि हो। यो अवधीको नेतृत्वदायी देश संयुक्त राज्य अमेरिका थियो। मुख्य उत्पादित वस्तु एवं निर्यात Global supply chain मार्फत विश्वव्यापीकरण फैलियो। यो अवधिमा Third Industrial Revolution, (सन् १९६० देखि १९९०) ले विश्वव्यापीकरणको विकास गर्न सहयोग गर्यो। प्रमुख आविष्कारहरु Internet र ICT को क्रान्ति हुन् । यस अवधीमा निर्यात व्यापार विश्व GDP को २० प्रतिशत भन्दा वढी पुगेको थियो । सन् १९८६ देखि GATT को WTO मा रुपान्तरणको लागि व्यापक अभ्यास उरुगुवे राउण्डबाट सन् १९९५ मा विश्व व्यापार संगठनको रुपमा व्यापार सहजीकरण एवं नियामक निकायको रुपमा स्थापना गरियो जसले विश्वव्यापीकरणलाई सहयोग भयो। यो समयको मुख्य विकास भनेको Digital Revolution खास गरी Mainframe computer, Personal computer र Internet आविष्कार हो, जसले उत्पादन तथा वितरण प्रणाली तथा अनुसन्धान र विकासमा ठुलो फड्‌को मार्यो।

४. विश्वव्यापीकरणको चौथो चरण (Fourth wave of globalization or globalization 4.0)

विशेषगरी सन् २००८ पछि र २१ औं शताब्दी सुरुवातीका दशकहरुमा भएको सूचना र प्रविधिको क्रान्ति एवं नविन आविष्कारको परिणाम स्वरुप अद्भुत र अकल्पनिय चमत्कारिक विकासले विश्व एक हत्केलामा अध्ययन गर्न, हेर्न, अनुभव गर्न र सुन्न सकिने Virtual World लाई विश्वव्यापीकरणको चौथो छलाङ वा चरण भन्ने गरिन्छ । मुख्य उत्पादित वस्तु एवं निर्यात Digital Goods and Services मार्फत विश्वव्यापीकरण फैलियो। यो समयको नेतृत्वदायी देश बेलायत र चिन हुन्। यो अवधिमा Fourth Industrial Revolution, (सन् २००० देखि २०१०) ले विश्वव्यापीकरणको विकास गर्न सहयोग गर्यो । Digital Technology, Digitization, Digital Automotion, Technological Disruption and Innovation विश्वव्यापीकरणका प्रमुख साधन हुन्। प्रमुख आविष्कारहरु The Internet of things (IOT), Smart cities, Big Data for Decision, Artificail intellegence (AI), Autonomous Vechiles, Robotics, Criptocurrency like Bitcoin, 3D printings, Social Media (facebook, twitter, Youtube), Nanotechnology, Biotechnology, Materials of Science, Energy Storage, Quantom Computrer/Driverless Car जस्ता अद्भुत आविष्कार र चमत्कारले चौथो चरणको विश्वव्यापीकरणको लागि आधारभुत प्लेटफर्म तयार गरेको छ । यी आविष्कार र विकासले प्रविधिको मात्रै विकास गरेन, यसले प्रविधिको Physical, digital/biological क्षेत्रमा फ्युजन पनि गरेको छ। प्रविधिको परिवर्तनले उत्पादनका व्यवहार, तरिका र पद्धती, उपभोग शैली र व्यवहार तथा सेवा प्रवाहको क्षेत्रमा नाटकिय एवं आमुल परिवर्तन ल्यायो । सामाजिक क्षेत्रमा मानवीय चिन्तन, व्यवहार, सम्बन्ध, सञ्चार पद्धती तथा अभिव्यक्ति, मनोरञ्जन शैलीमा समेत नयाँ Paradigm shift भएको छ । साथै सरकार, संस्था र राज्यहरु पनि पुननिर्माण भइरहेका छन् । शासकीय शैली एवं पद्धतीलाई समेत ध्वंस र पुनर्निर्माण गरेको छ । शिक्षा, स्वास्थ्य, यातायात, उर्जा जस्ता आधारभुत पद्धती र प्रणालीहरु पुनर्विचार गरेको छ । यस्तो परिवर्तन आकार, क्षेत्र, विषय तथा गतिका हिसावले ऐतिहासिक तथा अद्भुद छ। यसका साथै सार्वजनिक सेवाहरुको Digitization गर्नको लागि Digital governance को अवधारणा पनि अगाडि आएको छ। Digital technology ले सेवा प्रवाहको पद्धती, प्रक्रिया एवं मोडलमा समेत आमुल परिवर्तन गरी नागरिकहरुको सेवामा पहुँचमा अभिवृद्धि गरेको छ। विश्वव्यापी तथा अन्तरदेशिय व्यापार प्रणाली, मतदान प्रणाली, कम्पनी दर्ता तथा खारेजी, वस्तु तथा सेवाहरुको बजारीकरण, बैंङ्कि सेवाहरु, शेयर कारोवार तथा आधारभुत सेवाहरुमा Blackchain Technology को विस्तार एवं विकास भएको छ। वृद्ध तथा बालबालिकाहरुको हेरचाह, यातायात, शिक्षा, स्वास्थ्य, सुरक्षा प्रणाली Robotic/Artificial intellegence (AI) को प्रयोग विस्तारले सार्वजनिक सेवाहरुको विस्तार र पुनर्विचार भैरहेको छ। इष्टोनियाको Digital first governance, भारतको Digital Identity Scheme, सिंगापुरको Artificial intellegence र sandbox, UAE को Dubai 10x कार्यक्रम नेपालको Online Tax System, E-sewa, E-banking प्रणालीको सुरुवात तथा विस्तारले सार्वजनिक सेवाको पद्धती, प्रणाली एवं तरिकामा आमुल परिवर्तन ल्याएको छ ।

विश्वव्यापीकरणका तत्व तथा निर्धारकहरु (Globalization’s components)

विश्वव्यापीकरण एउटा बहुआयामिक प्रक्रिया तथा रणनीति हो। यस प्रक्रियामा धेरै बाहिरी तथा आन्तरिक तत्वहरुले प्रभाव पार्दछन। यस्ता तत्वहरु मध्ये कुनै विश्वव्यापी छन् भने कुनै भौगोलिक सिमामा सिमित छन्।

1. Global Markets

वस्तु, सेवा, श्रम तथा पूँजीको निर्वाध आवागमन नै विश्वव्यापीकारण हो। त्यसैले अन्तर्राष्ट्रियरुप वित्तीय बजार, पूँजीबजार, श्रमबजार र प्रविधिवजार नै मुख्य विश्व बजारका खेलाडी तत्वहरु हुन। वित्तीय वजारमा विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, ADB, European Bank, AIIB जस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्था तथा अन्य विश्व वित्त बजारले विश्वव्यापीकरणको प्रक्रियालाई सहयोग तथा विस्तार गर्दछन् । विश्व श्रम बजारमा श्रमिकहरुको आवागमन तथा माग र पुर्ति बिचको सन्तुलनबाट पनि विश्वव्यापीकारण प्रक्रियालाई सहजीकरण गर्दछ । Markets of technology, knowledge and information – Transport and telecommunication technology progress and computer science development are crucial factors which accelerate the globalization process. Financial markets deregulation and capital flows liberalization, their globalization process is the most advanced.

2. Global Fair Competition

विश्व बजारमा स्वच्छ प्रतिस्पर्धाले विश्वव्यापीकारण प्रक्रियालाई बलियो तथा एकीकृत बनाउँदछ। This competition sets the paths of production restructuring, its organization and fastens the technology progress. आन्तरिक तथा बाहिरी कम्पनीको प्रतिस्पर्धाले वस्तु तथा सेवा र पूँजीको गुणस्तरीता एवं मितव्ययिता र प्रभावकारिता बढाउँछ।

3. Global Economic Activity

गतिशिल Foreign Direct Investment (FDI) को कारणले पनि वस्तु सेवा र पूँजीको प्रवाह र विश्वव्यापीकारणमा सहयोग गर्दछ । Foreign Direct Investments change streams and structure of international trade and influence on development processes. Companies implement global expansion strategies, reorganize and change management methods in order to decrease cost, improve profits, minimize the risk and possess a competitive advantage on the global market. यसले विश्व वजारमा आर्थिक सहयोग, लगानी एवं प्रविधि हस्तान्त्रण गर्दछ।

4. Global Industry Production

प्रविधि परिवर्तन, कम्प्युटर विज्ञानमा विकास, सञ्चार र यातायातको बिकासले उत्पादन, प्रशोधन एवं पारवहन तथा वजारीकरणको प्रक्रियामा Cost मा व्यापक कटौती गर्दछ जसले उद्योग तथा कम्पनीको विस्तार र विकासमा विश्वव्यापीकरण गर्न सहयोग गर्दछ। Globalization is connected with companies new activities and their specialization in the global scale (investments, trade, production, technology development, Research and Development – R&D, new products and marketing).

5. Global Relationships and Interactions

खुला व्यापार तथा सिमाहिन प्रक्रियाले राज्यहरुविच, कम्पनीहरुविच, व्यापारीहरुविच तथा उपभोक्ताहरुबिचको अन्तरक्रिया तथा अन्तरसम्बन्धमा हुने विस्तारले विश्वव्यापीकरणको प्रक्रियालाई बढी गतिशिल एवं पारदर्शी बनाउँदछ ।

6. Education

विश्वव्यापी शिक्षाले पनि विश्वव्यापीकरणलाइ ज्ञान, अनुसन्धान तथा सिद्धान्तहरुको निरन्तर आदानप्रदान गराउदछ ।

7. Ecology

पर्यावरणले पृथ्वीलाई एउटा single ecosystem को रुपमा व्यवहार गर्दछ। यिनीहरुका साथै व्यापार तथा लगानी उदारीकरण, प्रविधि विकास र सञ्चार, उद्यमशीलता विस्तार र विश्वव्यापी सञ्जाल जस्ता विषय पनि विश्वव्यापीकरणका प्रभावकारी तत्वहरु हुन्।

विश्वव्यापीकरणका प्रकार वा किसिम वा आयामहरू

There are about seven major types, dimensions, forms of globalization.

1. Financial Globalization

विश्वव्यापीरुपमा कुनै देशका घरेलू वित्तीय वजार तथा प्रणाली विश्व वित्तीय प्रणाली, संगठन वा पद्धतीमा समाहिकरण वा एकीकरण हुने प्रक्रिया वा रणनीति नै वित्तीय विश्वव्यापीकरण हो। विश्व वित्तीय प्रणालीमा हुने अन्तरसम्बन्ध जस्तै stock markets ले राज्यहरुको एकीकरण भन्दा पनि ठुला आर्थिक वजार वा शहरहरुको अन्तरसम्बन्धमा विश्वास गर्दछ। Example: What happens in Asian markets affects the North American markets.

2. Economic Globalization

विश्व अर्थतन्त्रमा कुनै देशको घरेलु अर्थततन्त्रको एकीकरण हुने प्रक्रिया हो, जहा वस्तु, सेवा, पूँजी, प्रविधि, लगानी तथा श्रमका खुला आवागमन हुन्छ। Example: NAFTA, EU, Multinational corporations.

3. Technological Globalization

राष्ट्रिय राज्यहरु सूचना र प्रविधिको माध्यमबाट जोडिने तथा एकीकरण हुने प्रक्रिया नै प्रविधिगत विश्वव्यापीकरण हो । टेलिभिजन, रेडियो, टेलिफोन तथा सोसल मिडियाहरु यसका योजक हुन ।

4. Political Globalization

राष्ट्रिय राज्यहरु विश्वव्यापीरुपमा एउटै किसिमको राजनीतिक प्रणाली, चुनावी पद्धती, संवैधानिक व्यवस्था, शासकिय स्वरुप तथा राजनीति नीति अपनाउन गरिने प्रयास तथा अभ्यास नै राजनीतिक विश्वव्यापीकरण हो। जस्तै लोकतान्त्रिक शासन, संघीय प्रणाली, कानुनी सर्वोच्चता, धर्मनिरपेक्ष सरकार र खुला व्यापार सम्झौता आदि।

5. Cultural Globalization

सबै प्रथा, परम्परा, संस्कार, संस्कृति तथा रिति थीतिहरुको एकीकरण हुने प्रक्रिया हो । Merging or watering down of the world’s cultures e.g. food, entertainment, language, etc. Heavily criticized as destructive of local culture.

6. Ecological Globalization

यस अवधारणाले पृथ्वीलाई एउटा single ecosystem को रुपमा व्यवहार गर्दछ नकि छुट्टा छुट्टै ecological systems किन भने पृथ्वीका सबै समस्याको प्रकृति एउटै हुन्छ। Biodiversity, climate change, Ozone layer deplatation जस्ता समस्याहरुको समाधान टुक्रेरुपमा समाधान हुँदैन। जस्तै Ozone layer deplatation = Montreal Treaty = to reduce amount of ozane depletation in the atmosphare.

7. Sociological Globalization

यो एउटा निरन्तर प्रक्रिया हो। विश्व समुदायमा विभिन्न सामाजिक मुल्य, मान्यता, धर्म, समुदाय, राष्ट्रहरु, जातिहरु, सामाजिक संरचना, संस्था, सम्बन्ध तथा समूहहरुबीचको अन्तरघुलन, अन्तरसम्बन्ध तथा एकत्व नै Sociological Globalization हो । यसले विश्व समुदायको राजनीकि, साँस्कृतिक, सामाजिक, आर्थिक एवं पर्यावरणीय अन्तरघुलन तथा एकीकरणको समग्र प्रक्रिया हो।

विश्वव्यापीकरणका कर्ताहरू (Actor Of Globalization)

विश्वव्यापीकरण एउटा बहुआयामिक, बहुमुखी एवं गतिशिल प्रक्रिया हो। राष्ट्रिय राज्यहरुले आफ्‌ना नीति तथा कार्यक्रमहरु मार्फत खुकुलो एवं उदारमुखी आर्थिक तथा सामाजिक आवद्धीकरण बढाउने गर्दछ । यसको विस्तृतिकरण तथा अभिवृद्धिमा केवल राज्य मात्र नभइ गैर राज्य कर्ताको पनि सम्मिलन तथा एकीकरणमा महत्वपुर्ण भुमिका हुने गर्दछ। यसको विकास तथा प्रवर्द्धनका कर्ताहरु State Actor/Non state Actor गरी २ भागमा विभाजन गर्न सकिन्छ । जुन देहाय बमोजिम प्रस्तुत गर्न सकिन्छ ।

१. State Actor

१.१. राज्यः निश्चित भुगोल भित्र सार्वभौम सरकारद्वारा शासित अन्तर्राष्ट्रिय समुदायबाट मान्यता प्राप्त मानवीय समुदाय नै राज्य हो। यो विश्वव्यापीकरण प्रक्रियाको प्रमुख तथा महत्वपूर्ण कर्ता हो । जुन विश्वव्यापीरुपमा १९२ वटा राज्यहरु रहेका छन् ।

१.२. सरकार: सरकार भनेको राज्य सञ्चालन गर्ने वैधानिक मानवीय समुदाय हो जुन जनताबाट अनुमोदित भएर आउँछ । विश्वव्यापीकरण प्रक्रिया तथा विधीमा यो जिवीत साधन हो जसले विश्वव्यापीकरणलाई गतिशिलता तथा सार्थकता दिन्छ । आफ्‌ना दीर्घकालिन तथा अल्पकालिन नीति तथा कार्यक्रम मार्फत विश्वव्यापीकरणको प्रक्रियालाइ कार्यान्वयन गर्दछ ।

२. Non-State Actor

राज्य बाहेकका निकायहरु जसले विश्वव्यापीरुपमा कार्यक्षेत्रमा आफ्‌ना गतिविधी सञ्चालन तथा व्यवस्थापन गर्दछन् । यीनीहरुले राज्यहरुसंग सहकार्य तथा सहभागीतामा खुला तथा उदार आर्थिक नीति सञ्चालन गर्न प्रवर्द्धनात्मक तथा विकासात्मक कार्यहरु गर्दछन् ।

२.१. IGO (Inter Governmental Organization): सार्वभौम राष्ट्रहरुको सदस्यताबाट निर्मित क्षेत्रीय वा विश्वव्यापी कार्यक्षेत्र भएको संगठित एवं स्वशासित संगठन Intergovernmental Organization हो । जस्तै IPCC, UNO, WHO, WB, IMF, WTO UNESCO आदि संगठनहरु IGO हुन् । जसले मुख्यरुपमा विश्वव्यापीकरण प्रक्रियालाई सहयोग तथा विस्तार गर्ने वैद्य निकाय तथा प्रवन्ध हुन् ।

२.२. INGO (International governmental Organization): गैर नाफामुलक, स्वतन्त्र, स्वयंसेवी मानिसहरु सहितको संरचना जुन स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा काम गर्ने निकाय नै International governmental Organization हो । विश्वव्यापी कार्यक्षेत्र हुने हुदाँ त्यसले सामाजिक कल्याण तथा विकासका काम गर्दै विश्वव्यापी सञ्जाल मार्फत विश्वव्यापीकरणलाई प्रवर्दन तथा विस्तार गर्दछ । जस्तै Red Cross, Oxfam, WWF, Greenpeace संगठनहरु INGO हुन् ।

२.३. MNCs/TNCs (Multinational/Transnational Corporations): दुई भन्दा वढी देशहरुमा सञ्चालन हुने वस्तु तथा सेवाहरुको नाफामुलक उत्पादन तथा विक्री वितरण गर्ने कम्पनी नै Multinational/Transnational Corporations हुन् । यस्ता कम्पनीहरुले कुनै निचित देशमा मुख्य कार्यालय स्थापना गरी विश्वव्यापी शाखा तथा उत्पादन एवं विकास प्लान्टहरु विस्तार गरी आफ्‌नो व्यापार व्यवसाय कानुनी रुपमा सञ्चालन गर्दछन् । आफ्‌नो व्यापार व्यवसाय गर्ने कार्यक्षेत्र नै विश्व वजार भएपछि यीनीहरुले विश्वव्यापीकरणलाइ विकास र विस्तार गर्ने महत्वपूर्ण भूमिका खेल्दछन् । यीनीहरुका कारोवार तथा नेटवर्कले पनि विश्वव्यापीकरणलाई प्रवर्द्धन गर्दछन् । जस्तै Cocacola, Dabur, Sony, Nike आदी कम्पनीहरु MNCs/TNCs हुन् ।

२.४. Activists Of Group आम जनताको राजनीति, सामाजिक तथा आर्थिक कल्याण र परिवर्तनका लागि अभियान तथा आन्दोलन सञ्चालन गर्ने स्वतस्फुर्त मानवीय समूह नै Activists Of Group हुन् । जस्तै IFAT, PETA, NOW, SSCS र ADBUSTER आदि Activists Group हुन् । जसले विश्वव्यापी रुपान्तरण एवं परिवर्तनका अभियानले नै विश्वव्यापीकरणको प्रवर्दन तथा विस्तार गर्दछ ।

विश्वव्यापीकरणका प्रभावहरु

विश्वव्यापीकरणले राष्ट्रिय राज्यका विभिन्न पक्षमा प्रत्यक्ष तथा परोक्ष जिवनमा प्रभाव परेको छ। कतिपयले आर्थिक विकासको बहुआयामिक मोडल भन्ने गरेका छन् भने कतिपयले यसलाई पश्चिमीकरणको संज्ञा दिएका छन्। त्यसैले यसले मानवीय जीवनका विभिन्न आयाममा देहाय बमोजिम सकारात्मक तथा नकारात्मक प्रभाव पारेको छ।

नकरात्मक प्रभावहरू

विश्वव्यापीकरण खुला तथा स्वतन्त्ररुपमा पूँजी, प्रविधि तथा श्रमको आवतजावत हुने प्रक्रिया भएकोले यस्तो खुला प्रक्रियाले मानवीय जीवनका वहुपक्षमा नकरात्मक प्रभाव पारेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जिवनका राजनीतिक, आर्थिक, सामाजिक तथा सास्कृतिक पक्षमा प्रत्यक्ष तथा परोक्षरुपमा असर गर्दछ। यसले मानवीय सोचाइ, विचार, व्यवहार तथा सम्बन्धका शैलीहरुमा नकारात्मक असर गरेको छ।

नोवेल पुरस्कार विजेता जोसेफ स्टिग्लिजल विश्वव्यापीकरणले विश्वका गरिबहरुको जीवनमा कुनै फरक पारेन, वातावरण झन विग्रियो, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्थतन्त्रको स्थायीत्व कायम गर्न सकेन, समस्या विश्वव्यापीकरणको होइन समस्या विश्व संस्थाहरुको नीति तथा पद्धतीको हो भनेका छन्।

  • गरिबी तथा असमानता बढ्दो छः विश्वव्यापीरुपमा गरिबी तथा असमानता डरलाग्दोरुपमा बढ्दो छ। हाल विश्वका १ प्रतिशत धनाड्यहरुको स्वामित्व ९९ प्रतिशत सम्पत्तिको रहेको डरलाग्दो असमानताको खाडल भएको कुरा थोम पिकेटीले आफ्‌नो पुस्तक “असमानता” पुस्तकमा व्यक्त गरेका छन्। नेपालको कुल १० प्रतिशत धनी व्यक्तिको आय ४० प्रतिशत गरिब नेपालीको आय भन्दा तीन गुणाले बढी रहेको छ।
  • विश्वव्यापीकरणले परम्परागत घरेलु तथा कुटिर उद्योगहरुको प्रतिस्पर्धाको सामना गर्न नसकि रुग्ण तथा विस्थापित भएका छन् जसले सानो पूँजी तथा श्रम र सिपमा आधारित व्यक्तिहरुको रोजगारी तथा आय गुमेको छ।
  • खुला तथा स्वतन्त्र व्यापारले नेपालको व्यापारघाटा डरलाग्दो रुपमा बढ्दो छ। आ.व. ७५/७६ को व्यापार सन्तुलन कुल ५९ अर्व घाटामा रहेको छ।
  • नेपालको गरिवी हाल उपभोग तथा खर्चको आधारमा (Head Count) १८.७ प्रतिशत तथा बहुआयामिक विधीका आधारमा २८ प्रतिशत निरपेक्ष गरिवीको रेखामुनी रहेको छ। उक्त गरिबी भूकम्प तथा प्राकृतिक विपदले बढ्ने गरेको छ किनभने गरिबी न्युनिकरण गुणात्मक नभइ संख्यात्मक रहेको छ।
  • बढ्दो आन्तरिक तथा बाह्य ऋणले गर्दा देश ऋणको पासोमा (Debt Trap) फस्ने सम्भावना रहेको छ।
  • उदारीकरण तथा विश्वव्यापीकरण संगै निजीकरण गरिएको सार्वजनिक संस्थानहरु निष्कृय तथा असफल भएका छन्। निजीकरण तथा उदारीकरणले सार्वजनिक सेवाहरुको Cost मा वृद्धि भएको छ।
  • विश्वव्यापीकरणको प्रक्रिया संगै NGO तथा INGO/MNCs हरुको संख्याहरुको वृद्धि व्यापकरुमा भएको छ जसले देशको आन्तरिक तथा महत्वपूर्ण नीति निर्माण तथा कार्यान्वयनमा परोक्ष तथा प्रत्यक्ष असर पारेको छ। जस्तै नेपालको संविधान निर्माण तथा आरक्षण कानुनको वारेमा युरोपियन युनियनको आलोचना तथा दवावलाई लिन सकिन्छ।
  • ८५ खुला विश्वले वर्षेनी शिक्षा तथा स्वास्थ्यको नाममा खर्बो रकम पूँजी पलायन बढ्दो छ ।
  • विश्वव्यापीकरणले खास गरी EDV र PR को प्रावधानले हाम्रो दक्ष जनशक्ति जस्तै प्राध्यापक, डाक्टर, इन्जिनियर तथा प्रशासकहरु र प्रतिभा पलायन भएका छन्।
  • सांस्कृतिक तथा सामाजिकरुपमा हाम्रा संस्कार, रिति, रिवाज, चाडपर्व मौलिक प्रथा परम्परा लोक संस्कृति र भाषा भाषीहरुको लोप तथा अतिक्रमण भएका छन्।
  • हाल करिब ४० लाख युवाहरु विदेशिएका छन् भने देशमा गुणस्तरीय जनशक्तिको अभावले विकास निर्माणमा कठिनाइ उत्पन्न भएको छ।
  • वातावरण ह्रास तथा जलवायु परिवर्तनले हाम्रा हिमालहरु दिनहुँ वढ्दोरुपमा पग्लिनाले हाम्रा हिन्दुकुश हिमालयको वस्ती तथा जनसंख्या ठुलो खाद्यान्न अभाव, गरिबी तथा विभिन्न रोगबाट समस्यामा पर्दछन्।
  • ओजोन तहको ह्रासबाट नेपाल लगायत कम विकसित देशहरुले वातारणको समस्या झेल्दैछौं, जहाँ यसको दोषी औद्योगिक देशहरु हुन्।
  • विप्रेषणमुखी अर्थतन्त्र तथा परनिरर्भर अर्थतन्त्रले ऋण तथा वैदेशिक सहयतामुखी विकासले हामीलाई परनिर्भर तथा अनुत्पादनमुखी बनायो।
  • बौद्धिक सम्पत्तिको अधिकार गुमाएका छौ। जस्तै वनस्पति, प्राकृतिक सम्पदा तथा प्रकृतिक सुन्दरता।

विश्वव्यापीकरणका सकारात्मक असर

  • आर्थिक खुलापन, वैदेशिक प्रत्यक्ष लगानी, पूँजी प्रविधिको हस्तान्तरणले आर्थिक वृद्धिका अवसर ल्याएको छ। खुला व्यापार तथा आवतजावतले व्यवस्थापकिय विशेषज्ञता तथा तुलनात्मक लाभका अवसरहरुमा वृद्धि भइरहेको छ। यसले गुणस्तरीयता बढाएको छ । १० वर्ष अगाडि १००० गैर सरकारी संस्था भएकोमा हाल ३० हजार भन्दा बढी संस्थाहरु रहेका छन्। विप्रेषणले अर्थतन्त्र धानेता पनि ठुलो जनशक्ति कठिनरुपमा विदेशमा श्रम बेच्न वाध्य छ। यसका असरहरुलाई देहाय अनुसार प्रस्तुत गर्न सकिन्छ।
  • वि.सं. २०४६ साल भन्दा पहिला ५० प्रतिशत भन्दा बढी गरिबी रहेको जनसंख्या हाल १८ प्रतिशत सम्म झरेको छ ।
  • देशमा बैंक तथा वित्तीय क्षेत्रको विस्तार तथा पहुँचमा व्यापक सुधार तथा विकास भएको छ । कुल जनसंख्याको ६५ प्रतिशत जनताको बैंक पहुँच विस्तार भएको छ । यसको साथै ३४ हजार सहकारी मार्फत गाँउ गाउमा सहकारीकरणले वित्तीय सेवामा विस्तार गरेको छ। वित्तीय संस्थाका कुल ६६५१ वटा शाखा मार्फत देश भरि वित्तीय सेवा पुगेको छ ।
  • वैदेशिक लगानी तथा वैदेशिक सहायताले ठुला राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माण भैरहको छ जसले देशको पूर्वाधार, उर्जा पर्यटन क्षेत्रमा उल्लेख्य विकास भएको छ ।
  • सामाजिक क्षेत्रमा साक्षरता, ६९.७ प्रतिशत, प्रतिव्यक्ति आय ४१००३, विद्यालय भर्ना दर, मातृमृत्यु दरमा उल्लेख्य सुधार, खानेपानी ८८५, विद्युत ९०.७५ इन्टरनेट पहुँच ५५.४५ मा विस्तारले राम्रो प्रगती भएको छ ।
  • खुला विश्वको कारणले वैदेशिक रोजगारी तथा अवसरहरुबाट गरिबी निवारण तथा आयमा वृद्धि भएको छ जसमा कुल GDP को २४.५ रेमिट्यान्सले देशको अर्थतन्त्र धानेको छ ।
  • नेपाल विभिन्न क्षेत्रीय तथा विश्वव्यापी सञ्जाल तथा संगठनको सदस्यता प्राप्त गरि त्यसबाट विश्व रंगमञ्चमा आफ्‌नो उपस्थीति तथा आवाज उठाएको छ । जस्तो SAARC, SAFTA, BIMSTEC, WTO तथा पछिल्लो पटक OBOR र AIIB को सदस्यताले क्षेत्रीय स्तरमा सहायता तथा अस्तित्वलाई मजबुत बनाएको छ।
  • संयुक्त राष्ट्र संघ, विश्व बैंक, WTO तथा क्षेत्रीय तथा विश्वव्यापी संस्थाबाट आफ्‌नो तुलनात्मक लाभका विषयहरु, LDCs अधिकारहरु तथा साना राज्यहरुको सुविधा, भुपरिवेष्ठित राज्यहरुको समुद्रको पँहुच एवं पारवहन सुविधा जस्ता विश्वव्यापी मामलामा आफ्‌नो अधिकार एवं विकासमा आवाज उठाएको छ।
  • Millennium Develpment Goals, Sustainable Development Goals, Climate Change का आयोजना तथा अन्य विपद व्यवस्थापनमा अन्तर्राष्ट्रिय स्तरबाट ठुलो सहयोग प्राप्त गरेको छ।
  • पर्यटकहरुको विस्तारले राष्ट्रिय आम्दानीमा वृद्धि, हवाई यातायातको विस्तार, आम मिडियाहरुको विकास तथा भौतिक पुर्वाधारमा ७६ जिल्लामा सडक सञ्जालको विस्तार भएको छ।
  • यसका अलावा कुल व्यापारमा वृद्धि, आय तथा रोजगारीमा वृद्धि, उपभोक्ता हित तथा जनचेतनामा वृद्धि, विदेशी प्रविधि तथा लगानीमा र सहायतामा वृद्धि, सूचना क्रान्तिको फाइदा, प्रविधि तथा सिपको हस्तान्तरण, उत्पादकत्वमा वृद्धि, बजार विस्तार जस्ता फाइदाहरु नेपालले लिन सकेको छ।

Deglobalization प्रक्रियाका Indicator हरू

१. Trade: विश्वव्यापी मागमा गिरावटले धेरै देशले Import मा प्रतिबन्ध लगाए, त्यसले गर्दा व्यापारमा मन्दी आयो। सन १९७३ मा ३०५ Global Gross Domestic Product सन् २००८ मा दुईगुणा वृद्धिभयो । तर सन् २००८ को मन्दीले ५५५ मा घट्यो। यसले आर्थिक संकट सृजना गर्यो जसले आम मानिसको वजार प्रति विश्वास गुम्यो ।

२. Flow of Capital: विश्वव्यापी वित्तीय बजारको संकुचनले बैंकको ऋण प्रवाहका पनि समस्या सृजना भयो । जसले नियमनमा कडाइले गर्दा बजारमा वित्तीय संस्थाहरुमा पूँजी लगानीमा दवाव सृजना भयो । जसले गर्दा विश्वव्यापी पूँजी लगानीमा सन् २००७ को GDP को १६५ लगानीबाट २५ मा झर्यो ।

३. Flow of People: विश्वव्यापी व्यापार तथा लगानीको मामिलामा मानिसहरुको आवतजावतमा पनि कमि आयो । सन् २०१२ सम्ममा मानिसहरुको आवागमनमा निकै कमि आयो। खास गरी मन्दीले वजारमा श्रमिकहरुको माग घट्यो ।

४. Poverty : बजारमुखी उदार आर्थिक प्रणालीले सबैलाइ न्याय गरेन, गरिबी बढायो । हाल विश्वका १ प्रतिशत धनाढ्यहरुको स्वामित्व ९९ प्रतिशत सम्पत्तिका स्वमित्वले हुने र नहुने बिच असमानतको खाडलले असन्तोष वढायो ।

५. Disbalance: पर्यावरणमैत्री विकास भएन। जलवायु परिवर्तनले ठुलो संख्यामा मानववस्ती, जनजिविका र पेशाहरु संकटमा परे । मानव सभ्यतामा संकट सृजना भयो। डरलाग्दो रुपमा प्रजातीहरु र वनस्पतिहरुलाई लोपन्मुख बनायो । समुद्र सतह बढ्यो र हिमालमा हिमताल र हिउ पग्लियो। सो ठाउँका मानवीय वस्ती, वनस्पति तथा वन्यजन्तु संकटमा परे। यस्ता थुपै कारणहरुले विश्व बजारमा मन्दी तथा संकटले पूँजी, लगानी, प्रविधि तथा श्रमको आवागमनमा कमि ल्यायो तथा Deglobalization को प्रक्रियामा बल पुग्यो ।

उपसंहार

विश्वव्यापीकरण एउटा वहुआयामिक तथा वहुमुखी विकासको मोडेल हो जुन विश्वव्यापीरुपमा अवलम्वन गरिएको छ । यसको सुरुवात करिव १३९ BC पहिला देखि ६४०० कि.मी. लामो सिल्क रोड मार्फत चाइनिज सिल्क व्यापारबाट भएको भएता पनि सन् १९८० को दशकबाट तिव्रता पायो । सन् १९९५ मा वहुपक्षीय व्यापार प्रणाली विकासका लागि WTO बन्नु अघि ग्याटका आठ चरणमा भएका सम्झौताबाट व्यापार वाणिज्य सिमा वन्देजहरुलाई हटाउने र घटाउने कार्य भए। त्यसले विश्वव्यापीकरणको गति तथा क्षेत्रलाइ अझ फराकिलो तथा वढी सघन वनायो । यद्यपी विश्वव्यापीकरण एउटा विकासको रणनीति तथा मोडल भएको हुँदा अहिलेको सूचना क्रान्तिको युगमा यसको अवस्था तथा गतिमा आरोह अवरोह तथा सुस्तता आय पनि पूर्णरुपमा सुधारिएको तथा अझ गतिशिल विश्वव्यापीकरणको आवश्यकता छ । कुल व्यापारमा वृद्धि, आय तथा रोजगारीमा वृद्धि, उपभोक्ता हित तथा जनचेतनामा वृद्धि, विदेशी प्रविधि तथा लगानीमा र सहायतामा वृद्धि, सूचना क्रान्तिको फाइदा, प्रविधि तथा सिपको हस्तान्तरण, उत्पादकत्वमा वृद्धि, बजार विस्तार जस्ता फाइदाहरु नेपालले लिन सकेको छ ।

सन्दर्भ सामग्रीहरू

  • नविनतम् प्रशासनिक दृष्टिकोणहरु, सोपान मासिक, डिल्लीबजार, काठमाण्डौ, २०६१
  • मैनाली, उमेशप्रसाद, कर्मचारीतन्त्रको विनिर्माण, वर्ष २०७५, निजामती सेवा पत्रिका, लोक सेवा आयोग।
  • मैनाली, गोपीनाथ, विश्वव्यापीकारण र विकास, कामाद वर्ष २०१५/२०७२ Vol. १६, No. १, काठमाण्डौ।
  • Achrya, Madhu Raman, Business of Bueaucracy, Vidhyapati Pustak Bhandar, Third edition, 2013
  • Bhattarai, Shyam Kumar, Editor, International Relation and Foreign Affair, Sopan Monthly Publication, Dillabazar, 2010
  • Stiglitz, Aoseph, Globalization and Its Discontents, Penguin Books, India, 2012
  • Dahal, Madan kumar, Impact of Globalization in Nepal, NEFAS, 1996
  • https://www.weforum.org/jgendj/2019/01/how-globjlizjtion-4-0-fits-into-the-history-of-globjlizjtion/
  • https://trjnsportgeogrjphy.org/?pjge_id=1048
  • https://www.weforum.org/jgendj/juthors/peter-vjnhjm/

– धर्मराज रोकाया (उपसचिव, नेपाल सरकार)

Share: 

error: ©️ यस वेभसाइटमा प्रकाशित सामाग्रीको सर्वाधिकार प्रकाशकमा सुरक्षित छ !!