Terms and Conditions
१. परिचय
सर्वप्रथम “loksewadiary.com.np” (यसपछि “वेभसाइट” भनिनेछ) मा हार्दिक स्वागत गर्दै यस वेभसाइट भिजिट गर्नुभएकोमा धन्यवाद छ। वेभसाइटको प्रयोग गर्नु अघि यी सर्तहरू ध्यानपूर्वक पढ्नुहोस्।
१.१ यस वेभसाइटको मुख्य उद्देश्य लोकसेवा आयोगको परीक्षा तयारीका लागि आवश्यक नोट, नमुना प्रश्नोत्तर र अन्य अनलाइन पाठ्यसामग्री उपलब्ध गराउनु हो।
१.२ यो वेभसाइट प्रयोग गर्नुको अर्थ तपाईंले यी सर्तहरू स्वीकार गर्नुभएको छ भन्ने बुझिनेछ। यदि तपाईं यी सर्तहरू स्वीकार गर्नुहुन्न भने कृपया वेभसाइट प्रयोग नगर्नुहोला।
२. समयावधि
२.१. सम्बन्धित नोटको “Overview” मा नोट प्रयोग गर्न पाउने समयावधि लगायत नोटको संक्षिप्त जानकारी दिइएको छ, त्यसलाई राम्रोसँग हेरेर मात्रै अघि बढ्नुहोला।
३. प्रयोगका सर्तहरू
३.१. वेभसाइटमा उपलब्ध सामग्री केवल शैक्षिक प्रयोजनका लागि मात्र प्रयोग गर्न सकिन्छ।
३.२. सामग्रीको कुनै पनि व्यावसायिक प्रयोग वा पुनःप्रकाशन गर्न लिखित स्वीकृति लिनुपर्नेछ।
४. बौद्धिक सम्पत्ति अधिकार
४.१. वेभसाइटमा रहेका सम्पूर्ण नोट, नमुना प्रश्नोत्तर, र अन्य सामग्रीको सर्वाधिकार लोकसेवा डायरीमा सुरक्षित छ।
४.२. सामग्रीलाई प्रतिलिपि गर्न, सम्पादन गर्न, पुनःवितरण गर्न वा व्यावसायिक उद्देश्यका लागि प्रयोग गर्न अनुमति छैन।
५. उत्तरदायित्व अस्वीकरण
५.१. यस वेभसाइटमा उपलब्ध सामग्री यथासम्भव अद्यावधिक राख्ने प्रयास गरिन्छ। तर, कुनै पनि गल्ती वा त्रुटिका लागि वेभसाइट सञ्चालक जिम्मेवार हुनेछैन।
५.२. वेभसाइटको सामग्री प्रयोग गर्दा हुने कुनै पनि प्रकारका हानिलाभका लागि प्रयोगकर्ता स्वयं जिम्मेवार हुनेछ।
६. प्रयोगकर्ता खाता
६.१. वेभसाइटमा खाता (Profile) सिर्जना गर्दा, प्रयोगकर्ताले सत्य र अद्यावधिक विवरण दिनुपर्नेछ।
६.२. आफ्नो आइडी र पासवर्डको गोपनीयता प्रयोगकर्ताले नै सुरक्षित गर्नुपर्नेछ।
६.३. कुनै पनि अनधिकृत प्रयोग भएमा तुरुन्त जानकारी गराउनुहोस्।
७. गोपनीयता नीति
७.१. वेभसाइटले प्रयोगकर्ताको व्यक्तिगत जानकारी गोप्य राख्नेछ।
७.२. कानूनी रूपमा आवश्यक भएमा बाहेक वेभसाइटले तेस्रो पक्षसँग व्यक्तिगत जानकारी साझेदारी गर्नेछैन।
८. सर्तहरूको परिमार्जन
८.१. यो वेभसाइटले कुनै पनि समयमा यी सर्तहरू परिमार्जन गर्ने अधिकार सुरक्षित राख्दछ।
८.२. परिमार्जन पछि पनि वेभसाइट प्रयोग गर्नुभएको खण्डमा, ती परिमार्जित सर्तहरू स्वीकार गरिएको मानिनेछ।
९. सम्पर्क विवरण
9.1. वेभसाइटसँग सम्बन्धित कुनै पनि प्रश्न वा जिज्ञासाका लागि Contact मा रहेका सम्पर्क माध्यहरुको प्रयोग गर्नुहोला।
१०. कानूनको अधीनस्थता
१०.१. यी सर्तहरू नेपालका प्रचलित कानूनअन्तर्गत रहेका छन्।
१०.२. यी सर्तहरूसँग सम्बन्धित कुनै पनि विवाद नेपालको सम्बन्धित अदालतको क्षेत्राधिकारमा रहनेछ।