Loksewa Diary is an eLearning Management System (eLMS) for Preparation of all level of Loksewa Exams. Loksewa Diary is for timely updated online Loksewa Notes, Videos, Previous and Probable Questions Answers, Formula, Tips and Tricks, Group discussion and more. Loksewa Diary is an Online Platform, Any Physical Classes are not available.
एकपटकको भुक्तानीले निश्चित समयसम्म जहाँपनि जहिलेपनि अनलाइनमा पढ्न सकिने सरल र सुलभ नोटका विशेषताहरुः
लोकसेवा परीक्षा प्रतिष्पर्धात्मक परीक्षा भएकोले यसको तयारीलाई व्यवस्थित बनाउनुपर्छ। छोटो समयमा धेरै विषयवस्तु पढ्ने बुझ्ने मात्रै होइन, परीक्षाको समय सीमाभित्र रहेर आफूले पढेका, बुझेका विषयहरू प्रश्नले मागे अनुरूप प्रस्तुत गर्न सक्नुपर्छ। त्यसैले पढाई लेखाई परीक्षा केन्द्रित बनाउनुपर्छ। हाम्रो उद्देश्य एउटै विषयमा मात्रै गहिरो ज्ञान दिनु नभै समग्र विषयवस्तुमा आवश्यक ज्ञान दिनु हो। "विषयवस्तु नछुटुन् र नदोहोरिउन्" भनेरै हाम्रा सामाग्रीहरू संक्षिप्त, परीक्षाको समयसीमा भित्र प्रस्तुत गर्न सकिने, बुझिने र सजिलो भाषाशैली, पढ्न र बुझ्न सजिलो र छिटो हुने शैलीमा रहेका छन्। कानून, योजना, बजेट, नवीन अभ्यास र अवधारणालाई समेटेर विषयवस्तु तयार भएका छन्।
हामीले जे सोच्छौं, जसरी सोच्छौं, त्यो पूर्ण नहुन सक्छ। हामी जे गर्छौं, जसरी गर्छौं, त्यो सही नहुन सक्छ। कतिपय कुरा हामीले सुनेर, बुझेर सिक्न सक्छौं। हुन त जीवनमा आफ्नै भोगाईबाट सिकेका कुरा बढी उपयोगी हुन्छ। तर, छोटो जीवनमा सबै कुरा भोगेर त्यसबाट हरेक कुराको निचोड निकाल्न सक्दैनौं। यसर्थ अरु व्यक्तिले भोगेका कुरा, जसबाट उनीहरुले केही सिके, त्यो हाम्रो निम्ति प्रेरणादायी हुनसक्छ।